भारतले जारी गरेको नयाँ नक्शाको विरोधमा अखिल (क्रान्तिकारी) को प्रर्दशन

डिसी नेपाल
२५ कार्तिक २०७६ १५:०९

काठमाडौं। मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ।

सोमबार लैनचौरस्थित भारतीय दुताबास अगाडि विरोध प्रर्दशन गर्दै अखिल (क्रान्तिकारी)मा विद्यार्थी नेता तथा कार्यकर्ताहरुले नेपालको अतिक्रमित भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गरेका हुन्।

त्यस क्रममा उनीहरुले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर हालै राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए।

विरोध प्रर्दशनपछि आयोजित कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले तत्काल नेपाली भूमि फिर्ता गर्न भारत सरकारसँग माग गरे। उनले नेपाली भूमि भारतले फिर्ता नगरे आफूहरु बलिदानीपूर्ण संघषार्न होमिन तयार रहेको बताए।

विरोध प्रर्दशनमा विद्यार्थीहरुले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, फिर्ता गर’ लेखिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *