‘रफ सेक्स’का क्रममा मिलाने मारिएपछि त्यही पुरुषकी अर्की ‘शिकार’को डरलाग्दो बयान

डिसी नेपाल
२५ कार्तिक २०७६ १५:२५

एजेन्सी। न्यूजिल्याण्डमा यौन सम्बन्धमा क्रममा उन्माद बढ्दै गएर ‘रफ सेक्स’मा परिणत भएपछि मारिएकी बेलायती युवतीको मृत्युको मुद्दाको सुनुवाइको क्रममा त्यही पुरुषसँग त्यस्तै यौन सम्बन्ध राखेकी अर्की युवतीले निकै डरलाग्दो बयान दिएकी छिन् । उनले ती पुरुषसँग यौन सम्बन्धको क्रममा आफूले कसरी आफ्नो जीवनको लागि संघर्ष गरिन् भन्ने अदालतलाई बताएकी छिन् ।

आँखाभरी आँसुसहित ती युवतीले अदालतमा भनिन् ‘म निकै आत्तिएकी थिएँ । मलाई लाग्यो म यसरी मर्नु हुँदैन ।’ ती महिलाका अनुसार उनी त्यसबाट उम्किन हरसम्भव प्रयास गर्दा पनि नसकेपछि बेहोस भएको नाटक गर्ने निर्णय गरेकी थिइन् ताकि ती पुरुषले उनलाई छोडिदेउन् ।’ ती युवतीका अनुसार जुन दिन ग्रेस मारिइन् त्यस दिन ती आरोपीले उनलाई पनि भेट्ने प्रयास गरेका थिए ।

ती आरोपीले बेलायती युवती मिलाने ग्रेसलाई रफ सेक्सका क्रममा मारेका थिए तर उनले अदालतमा मिलानेले नै यौन उन्मादमा आफ्नो घाँटी थिच्न भनेकोले यो दुर्घटना मात्र भएको दावी गरेका छन् । आरोपीकी अर्की शिकार ती युवतीका अनुसार उनले आरोपीलाई गत वर्षको मार्चमा डेटिङ एक टिन्डरमा भेटेकी थिइन् । त्यसपछि छुट्टिएका उनीहरु अक्टोबरमा पुन भेटेका थिए ।

त्यतिबेला आरोपीले उनलाई सिटी लाइफ होटलमा रहेको अपार्टमेन्टमै लगेका थिए जहाँ मिलाने मारिएकी थिइन् । ती आरोपीले उनलाई यौन सम्बनधको प्रस्ताव गरे तर त्यतिबेला उनको महिनावारी भएकोले उनले अस्वीकार गरिन् । तर, निकै कर गरेपछि उनी मुखमैथुनका लागि तयार भइन् । उनले ती आरोपीले आफ्नो पूरै शरीर आफ्नो अनुहारमा छाडिदिएपछि आफू सास फेर्न समेत नसक्ने भएको बताइन् ।

‘उनले मेरा दुवै हात बलियोसँग समात्यो मैले हात चलाउन सकिरहेकी थिइन’ उनले भनिन् ‘मैले सास फेर्न सकिरहेकी छैन भन्ने संकेत गर्न लात्तीले हान्न थालें । उ मेरो अनुहारमै बस्यो । सम्भवतः ३० देखि ४० सेकेण्ड मैले सास फेर्नै सकिन त्यसपछि जसोतसो केही हावा मेरो मुखको कुनाबाट लिन सकें ।’ उनले अगाडि भनिन् ‘मैले त्यत्तिकै सुत्न निर्णय गरे ताकि उसलाई केही गलत भएको महसुस होस् । मैले म मरेजस्तै अभिनय गरें तर यति हुँदा पनि ऊ उठेन । मेरो दिमागमा धेरै सोचाइहरु आइरहेका थिए । मैले सोचें म यस्तो तरिकाले मर्नु हुँदैन ।’

ती युवतीका अनुसार अर्को ३० देखि ४० सेकेण्ड लात्तीले हान्ने र संघर्ष गर्ने गरेपछि बल्ल ती व्यक्ति हटे । त्यसपछि ती आरोपीले सोधे ‘के गलत भयो ?’ ती महिलाका अनुसार ती आरोपीलाई उनको कुनै दयामाया थिएन । उनले अगाडि भने ‘तिमीलाई लाग्दैन यो मैले जानीजानी गरेको हुँ ?’ त्यहाँबाट निस्किएपछि उनले फेरि ती व्यक्तिसँग सम्पर्क गर्न चाहिनन् तर उनले लगातार उनलाई सम्पर्क गर्न खोजिरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *