सत्य निरुपण र मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्ने तयारी

डिसी नेपाल
२५ कार्तिक २०७६ २१:३०

काठमाडौं। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयन तथा कानून संशोधनका विषयमा सोमबार बस्ने भनिएको बैठक शुक्रबार बस्ने भएको छ । सिफारिस समितिको सोमबारको बैठक प्राविधिक कारणले बस्न नसकेकाले यही कात्तिक २९ गते शुक्रबार बस्ने तय भएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिइन्।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । अहिलेसम्म पदाधिकारीका लागि सम्भावित नाममा उजूरी आह्वान गर्ने प्रक्रिया बाहेक अरु काम हुनसकेको छैन् ।

दुई आयोगका पदाधिकारी नियुक्तिका विषयमा दलबीचमा सहमति नजिक पुगेको हुँदै चाँडै पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेको छ । दुवै आयोग पदाधिकारीबिहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाई भइरहेको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *