नेविसङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग
काठमाडाैं। नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ । नेविसङ्घले सोमबार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसङ्घको विधानसम्बन्धी’ अन्तरक्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी काङ्ग्रेसलाई आग्रह गरेका हुन्।
नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले काङ्ग्रेसको नर्सरीका रूपमा रहेको नेविसङ्घको अधिवेशन चाँडो गर्नुपर्ने बताए। “पार्टी बलियो बनाउन भ्रातृ संस्थाको अधिवेशन चाँडो हुनुपर्छ”, उनले भने।
नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले विद्यार्थी नेतृत्वमा ३२ वर्षमुनिकालाई ल्याउन विधानले व्यवस्था गरेकाले विधानअनुसार समिति निर्माण गर्नुपर्ने बताए। विधानअनुसार समिति नआए सशक्त आन्दोलन गर्ने उनको भनाइ थियो। कार्यक्रममा नेविसङ्घका निवर्तमान पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment