अमेरिकामा रहेका नेपालीले रुचाए ‘मिस्टर नेपाली’

डिसी नेपाल
२६ कार्तिक २०७६ ११:३३

काठमाडौं। फिल्म ‘मिस्टर नेपाली’लाई अमेरिकामा रहेका नेपालीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।

देव भुषालको निर्देशन तथा प्रेमराज दाहालको निर्माणमा रहेको फिल्म आउँदो शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आउँदैछ।

फिल्मको नेपाल प्रदर्शनअगावै अमेरिकामा प्रिमियर गरिएको हो। नोभेम्बर १० मा हस्टन टेक्सासमा गरिएको प्रिमियर शोमा दर्शकले फिल्मको कथावस्तु, प्रस्तुती, अभिनयसंगै समग्र फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।

यो फिल्मले राष्ट्रियताको कथा भन्छ। विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा बनेको फिल्मलाई अमेरिकामा रहेका नेपालीहरुले रुचाएका हुन्। फिल्म हेरेपछि अधिकांश दर्शकहरु उत्साहित देखिएको निर्माण पक्षले जनाएको छ। निर्माणपक्षका अनुसार अधिकांश दर्शकहरुले फिल्मलाई अभिभावकले आफ्ना छोराछोरीलाई पनि देखाउनुपर्ने फिल्म बनेको प्रतिक्रिया दिएका थिए।

फिल्मको नोभेम्बर १२ मा अल्वानी सान फ्रान्सिस्को क्यालिफोर्नियामा प्रिमियर हुँदैछ। अमेरिकामा रहेका नेपालीहरुबाट पाएको सकारात्मक प्रतिक्रियाले निर्माण टिम खुसी देखिएको छ।

निर्देशक भुषालले फिल्मले विदेशमा बस्ने नेपालीको राष्ट्रप्रेमसंगै पारिवारिक कथालाई उठान गरेको बताउँछन्। फिल्मको सार्वजनिक ट्रेलर र गीतले पनि सकारात्मक प्रतिक्रिया पाएको छ।

फिल्ममा भूवन केसी, नव कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारहरुको अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *