बल प्रधानमन्त्रीको खुट्टामा छ, उहाँले गोल हान्नुपर्छ : कांग्रेस

डिसी नेपाल
२६ कार्तिक २०७६ १५:४१

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भारतले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता ल्याउन सबै दलले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने निर्णय गरेकाले सरकारले भारतसँग वार्ताको पहल गर्नुपर्ने बताएको छ।

कांग्रेसले भारतले जारी गरेको नयाँ नक्शाका विषयमा सबै दलले प्रधानमन्त्रीलाई वार्तामार्फत समस्या समाधान गर्न सुझाव दिएको उल्लेख गर्दै कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्नुपर्ने बताएको हो।

मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने–भारतले जारी गरेको नयाँ नक्शाका विषयमा हामी सबै राजनीतिक दलले प्रधानमन्त्री केपी ओलीलाई समस्या समाधान गर्न सुझाव दिएका छौं। बल अब प्रधानमन्त्रीको खुट्टामा छ उहाँले गोल हान्नुपर्छ।’

भारतले नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरलगायतलाई समेटेर नयाँ नक्शा जारी गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको छ। प्रधानमन्त्री केपी ओलीले गत शनिबार आह्वान गरेको सर्वदलीय बैठकमा सबै दलले कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएका थिए।

भारतले जारी गरेको नयाँ नक्शालाई नेपाल सरकारले अस्वीकार गर्ने निर्णय गरिसकेको छ। यसैगरी कांग्रेसले कात्तिक १८ गते देखि डडेल्धुरामा १७ औं अनशन सुरु गरेको डा. गोविन्द कोसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। कांग्रेसले डा. केसीसँग वार्तामार्फत समस्या समाधान गर्न तत्काल वार्ता टोली गठन गर्न पनि माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *