बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण: भित्ताहरूमा नेपाली संस्कृति र सम्पदा झल्काउने कलात्मक चित्र
ललितपुर। ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत सार्वजनिक पर्खाल तथा भित्ताहरूमा आकर्षक एवं कलात्मक भित्तेचित्र (म्युरल पेन्टिङ) कोर्न सुरु गरिएको छ।
काठमाडौँ उपत्यकाका मुख्य सडक र सार्वजनिक पर्खालहरूलाई व्यवस्थित, सफा र सुन्दर बनाउने महानगरपालिका तथा स्थानीय निकायहरूको नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडक किनारका भित्ताहरूमा यी कलाकृतिहरू कोरिएका हुन्।
विगतमा विज्ञापन र फोहोरले कुरुप देखिने गरेका पर्खालहरूलाई मौलिक कलाले सजाइएकाे छ, जहाँ नेपालका रैथाने परम्परा, संस्कृति र ऐतिहासिक सम्पदालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
विशेषगरी बौद्ध सम्पदा तथा ऐतिहासिक लाखे नृत्यका जीवन्त चित्रहरूले यस क्षेत्रको स्थानीय सांस्कृतिक पहिचानलाई उजागर मात्र गरेका छैनन्, बरु सडकको सौन्दर्यलाई समेत निकै मनमोहक र आकर्षक बनाएका छन्।











डिसी नेपाल





Facebook Comment