उपनिर्वाचनमा जनता कसको पक्षमा छन् भनेर देखाउनुछ: शशांक कोइराला

डिसी नेपाल
२६ कार्तिक २०७६ १६:३२

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले जसरी भए पनि उपनिर्वाचन जित्नुपर्ने बताएका छन्। कांग्रेससँग विचार र देशलाई समृद्ध बनाउने दिशासमेत भएकोले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे।

हेटौंडामा मंगलबार महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा कोइरालाले भने, ‘यो कम्युनिष्ट सरकारको न सपना छ न त विचार नै। यिनीहरूसँग गरिबलाई कसरी माथि उकास्ने भन्ने योजना पनि छैन।’ सरकारले महँगी, हत्या, हिंसा र बलात्कार जस्ता घटना नियन्त्रण गर्न नसकेको कोइरालाको आरोप छ।

‘कांग्रेसलाई एक ढिक्का बनाउनुस् अनि जसरी पनि चुनाव जित्नुपर्छ,’ उनले कार्यकर्तामाझ भने, ‘जनता कसका पक्षमा छन् र कांग्रेसको महत्व कति छ भन्ने उपनिर्वाचन जितेर देखाउनुछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *