डाक्टर गोविन्द केसीको अनशन स्थगित

डिसी नेपाल
२६ कार्तिक २०७६ १६:५८

काठमाडौं। डा. गोविन्द केसीले आन्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डडेल्धुरामा अनसन बसिरहेका डाक्टर केसीले आज १७ औं दिन अनसन स्थगित गरेका हुन् ।

भारतले सीमा मिचेको विषयमा देशैभरी आन्दोलन भइरहेको सन्दर्भमा सोही आन्दोलनमा ऐक्यबद्धता जनाउँदै डाक्टर केसीले आन्दोलन स्थगित गरेको जनाएका छन् । यसअघि आजै डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै स्वाथ्य मन्त्रालयले चिकित्सक पठाएकोमा डा. केसीले ती चिकित्सकसँग उपचार गराउन अस्वीकार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *