दक्षिण कोरियाबाट बग्ने नदीमा राताे पानी बगेपछि…
बीबीसी। उत्तर र दक्षिण कोरियाको सीमा नजिकै रहेको एक नदी बंगुरको रगतले पूरै रातो भएको छ। दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिभर फैलिने खतरा उत्पन्न भएपछि दक्षिण कोरियाली प्रशासनले स्वाइन फैलिनबाट रोक्नलाई ४७ हजार बंगुर मार्ने आदेश जारी गरेको थियो।
तर पानी परेका कारण सीमा नजिकै रहेको डंपिङ साइटबाट रगत बगेर नजिकै रहेको सानो नदी इमजिनमा मिसिएको थियो।
अफ्रिकन स्वाइन फिभर निकै जटिल रोग हो। जो बंगुरमा सर्छ। यसमा संक्रमित बंगुरलाई बचाउने कुनै संभावना रहँदैन। यद्यपी मानिसलाई कुनै खतरा हुँदैन।

स्थानीय अधिकारीले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ। गत हप्ता बंगुर मार्ने अभियान चलाइएको थियो। तर बंगुरका अवेशषलाई दुवै कोरियाको सीमा नजिक रहेको डंपिङ साइट नजिकै कयौं ट्रकमा छोडिएको थियो।
मारिएका बंगुरलाई गाड्न आवश्यक प्लास्टिक कन्टेनर बनाउन ढिला हुँदा यस्तो भएको हो। केही समय अगाडि मात्रै दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिभर भएको पत्ता लागेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment