सुगम रोज्ने कर्मचारीको बढुवा रोकिदिने मन्त्री पण्डितको चेतावनी

डिसी नेपाल
२७ कार्तिक २०७६ १५:५२

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार नरहेको बताएका छन्।

मन्त्री पण्डितले प्रमोशनका लागि नम्बर नपुग्दा दुर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरुको नियत सही नभएको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा निगरानी राख्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथिको छलफलमा भाग लिदै उनले सुगम क्षेत्रका बस्न मरिहत्ते गर्ने कर्मचारीलाई सरकारले प्रमोशन नगर्ने कानुनी व्यवस्था गर्न लागेको पनि बताए।

मन्त्री पण्डितले कर्मचारीहरुको सरुवा र पदस्थापन उनीहरुको अनुकूलतालाई पनि ध्यानमा राखेर ‘चक्रिय प्रणाली’ अनुसार हुने गरी कानुन व्यवस्था गर्नुपर्ने अवस्था आएको बताए। मन्त्री पण्डितले विशिष्ट श्रेणी र प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गर्ने अधिकार भने मन्त्रीपरिषदमा नीहित रहने अडान पनि राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *