एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्यो, माल्दिभ्स सोझो सेटमा पराजित

डिसी नेपाल
२८ कार्तिक २०७६ १५:५६

काठमाडौं। एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जितेको छ । प्रतियोगिताका सबै खेलमा ३–० को सोझे सेटमा जीत निकाल्दै नेपालले फाइनलसमेत जीतेर उपाधिमाथि कब्जा जमाएको हो ।

आज माल्दिभ्ससँग भएको फाइनलको पहिलो सेट २५–१३ ले जितेको नेपालले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–८ ले जितेको हो । नेपालले प्रतियोगितामा समूह चरणमा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको थियो ।

नेपाल र माल्दिभ्स २ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गरेका हुन् । २ वर्ष अघि पनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । माल्दिभ्सलाई पराजित गरेको तत्कालीन खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली टिमले अहिले फेरि जित निकालेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *