नयाँ खरिद गरेका ‘वाटर क्यानोन’को परीक्षण (फाेटाेफिचर)

डिसी नेपाल
२८ कार्तिक २०७६ १७:०१

काठमाडौं । नेपाल प्रहरीको लागि नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरे ।

उक्त अवसरमा ‘वाटर क्यानोन’द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दुरी तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भिडमा सहभागीको पहिचान हुन सहज होस् भन्न प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा प्रयोग प्रदर्शन भएको थियो ।

नेपाल प्रहरीका लागि हाल ५ वटा नयाँ ‘वाटर क्यानोन’ खरिद भएका छन् । यसअघि १ वटा ‘वाटर क्यानोन’ रहेको थियो ।

उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ ‘वाटर क्यानोन’मा १८ वटा अश्रु ग्याँस सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ । ‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् ।

‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *