अफगानिस्तानमाथि वेष्टइण्डिजको रोमाञ्चक जित

डिसी नेपाल
२८ कार्तिक २०७६ २३:२२

नयाँ दिल्ली (एजेन्सी)। वेष्टइण्डिजले बिहीबार भएको पहिलो टि ट्वान्टीमा घरेलु टिम अफगानिस्तानलाई पराजित गरेको छ।

भारतको लखनऊलाई घरेलु मैदान बनाएको अफगानिस्तानलाई वेष्टइण्डिले ३० रनले पराजित गरेको छ। पहिला ब्याटिंग गर्दै वेष्टइण्डिजले ५ विकेटमा १६४ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको अफगानिस्तानले ९ विकेटमा १३४ रनमात्र बनाउन सक्यो।

अफगानिस्तानलाई सस्तैमा रोक्न वेष्टइण्डिजका क्रेसिक विलियम्सले ३ विकेट लिए भने कप्तान कैरन पोलार्ड र हेडिन वाल्सले २–२ विकेट लिए। यस्तै शेल्डेन कोर्टेल र जेसन होल्डरले एक एक विकेट लिए।

अफगानिस्तानका लागि नजिबुल्ला जर्दानले सर्वाधिक २७ रन बनाए भने फरिद अहमद २४ रनमा नटआउट रहे। अन्य ब्याट्सम्यानले राम्रो ब्याटिंग गर्न सकेनन्।

यसअघि वेष्टइण्डिजका लागि इभिन लुइसले ६८ रन बनाएका थिए। अफगानिस्तानका गुल्बद्दिन नइबले २ विकेट लिएका थिए।

वन डे सिरिज क्लिन स्वीप गरेको वेष्टइण्डिजले टि ट्वान्टी सिरिजमा पनि पहिलो खेलमा जित हात पारेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *