कीर्तिपुरमा सचिन तेन्दुल्कर र विनोद दासको टिमबिच खेल हुने!
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्कर र नेपालका पूर्वकप्तान विनोद दासको टिमबीच क्रिकेट खेल हुने भएको छ।
युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका सचिन र विनोदको टिमबीच शनिबार खेल हुने भएको छ। खेल बिहान १० बजेदेखि हुने बताइएको छ। खेल १० ओभरको हुनेछ भने दुबै टिममा स्कुलका बालबालिका सहभागी हुनेछन्।
युनिसेफको सद्भावना दूत रहेका सचिन युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाल आउँदैछन्। विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुने छैनन्।
नेपालले बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गरिरहेको छ। यस्तै, नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने टी–१० लिग खेल्न युएईमा छन्।
युनिसेफले पारस र सचिनलाई एउटै मञ्चमा राखेर कार्यक्रम गर्न चाहे पनि टी–१० लिगका कारण सम्भव नहुने भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment