रोनाल्डोको ह्याट्रिक, पोर्चुगलको शानदार जित

डिसी नेपाल
२९ कार्तिक २०७६ ७:२२

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट प्रेरित पोर्चुगलले युरो छनोटमा लिथुनियालाई ६–० ले हराएको छ ।

बिहिबार राति घरेलु मैदानमा प्रभावशाली जित निकाल्दै पोर्चुगल युरोछनोटको नजिक पुगेको छ । रोनाल्डोले पोर्चुगलका लागि ९८ अन्तराष्ट्रिय गोल गर्न सफल रहे ।

३४ बर्षका रोनाल्डोले आईतबार हुने खेलमा लक्जमवर्गविरुद्व दुई गोल गरेमा सय गोलको कोशेढुङ्गा पार गर्ने दोस्रो खेलाडी बन्नेछन् ।

पोर्चुगलका लागि उनले नवौ ह्याट्रिक समेत पुरा गरेका छन् । उनी अलि डाईसको विश्व कीर्तिमान भंग गर्न ११ गोलले पछाडी छन् । ईरानका लिजेण्ड डाईसले १ सय ९ गोल गरेका छन् ।

सातौं मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अघि बढाए । एफोन्सो फर्नान्डेसले ५२ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाएका थिए ।

मेन्डेस पेसेन्सियाले पोर्चुगलाकालागि चौथो गोल गरे । बर्नार्डो सिल्भाले ६३ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ठुलो जिततर्फ अगाडी बढाएका थिए । । त्यसको दुई मिनेटपछि रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

युभेन्ट्सका स्टार रोनाल्डोले क्लबबाट पछिल्लो दुई खेल पुरा समय खेल्न पाएका छैनन् । साविक विजेता पोर्चुगलले आईतबारको खेलमा लक्जमवर्गलाई हराउन सकेमा युरोकपमा छनोट हुनेछ ।

पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह बीको दोस्रो स्थानमा छ । सर्वियाले १३ अंक सहित पोर्चुगललाई दबाब दिईरहेको छ । लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *