यू–१९ च्यालेन्जर्सः भारत ‘बी’सँग खेल्दै नेपाल

डिसी नेपाल
२९ कार्तिक २०७६ ८:१८

काठमाडौं । भारतमा जारी एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले आज भारत बी सँग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपालले तेस्रो खेलमा भारत बी सँग खेल्न लागेको हो । हैदरवादमा हुने खेल ९ः१५ मा सुरु हुनेछ ।

भारत बी विरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल तेस्रो खेलमा अंक जोड्न चाहन्छ । तर, उत्कृष्ट प्रदर्शन गरिरहेको भारत बी माथि जित निकाल्न नेपाललाई कठिन चुनौती भने रहेको छ ।

यस अघि पहिलो खेलमा नेपाल भारत सी सँग १० विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भारत ए टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *