यू–१९ च्यालेञ्जर्सः टस हारेर ब्याटिङ गर्दै नेपाल

डिसी नेपाल
२९ कार्तिक २०७६ ९:२२

काठमाडौं । भारतमा जारी यू–१९ च्यालेञ्जर्सको दोस्रो खेलमा आज नेपालले भारती यू–१९ बी टिमसँग प्रतिष्पर्धा गर्दैछ । भारत ‘बि’ टिमले टस जितेर नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको छ ।

नेपाली टिममा तीन परिवर्तन भएको छ । भारत ए टिमसँगको दोस्रो म्याचमा खेलेका प्रतिश जिसी, अरुण ऐरी र खडक बोहरालाई टिमबाहिर राखिएको छ । उनीहरुको स्थानमा त्रित राज दास, अभिषेक बस्नेत र गौतम केसीलाई मौका दिइएको छ । तीनै जना खेलाडीले पहिलो पटक मौका पाउँदैछन् ।

नेपाली टिम:

रित गौतम, लोकेश बम, हरिबहादुर चौहान, कुशल मल्ल, विशाल विक्रम केसी, आकाश चन्द, शेर मल्ल, सागर ढकाल, त्रित राज दास, गौतम केसी, अभिषेक बस्नेत


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *