आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?

डिसी नेपाल
२९ कार्तिक २०७६ ११:०९

काठमाडौं। विश्वकै सर्वाधिक ठूलो मानिएको टि–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिगमा टिमहरुले खेलाडी किनबेच गर्ने समय सकिएको छ । बिहीबार खेलाडी किनबेचको अन्तिम समय थियो । अन्तिम समयसम्म खेही टिमले केही खेलाडी किनबेच गरेका छन् ।

आगामी सिजनको लागि खेलाडीको ट्रेडिङ विन्डो खुलेपछि सबैभन्दा पहिले खेलाडी किनबेचको सुरुवात मुम्बइ इण्डियन्स र दिल्ली क्यापिटल्सले गरेका थिए । गएको जुलाइमा दिल्ली क्यापिटल्सले मुम्बइका लेगस्पिनर मयंक मार्कण्डेलाई आफ्नो टिममा ल्याएर आफूसँग भएका वेष्ट इण्डिजका शेफरन रदरफोर्ट मुम्बइलाई दिएको थियो ।

त्यसपछि खेलाडी किनबेचको काम यही नोभेम्बर महिनामा भयो । नोभेम्बर ८ मा दिल्ली क्यापिटल्सले किंग्स ११ पंजाबसँग स्पिनर रविचन्द्रन अश्विनलाई किन्यो । त्यपछि दिल्लीले अलराउण्डर जगदीश सूचितलाई पंजाबलाई बेच्यो । किंग्स ११ पंजाबले फास्ट बलर अंकित राजपुतलाई राजस्थान रोयल्सलाई बेच्यो । दिल्लीले न्यूजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट मुम्बइ इण्डियन्सलाई बेचेको छ ।

राजस्थान रोयल्सले अलराउण्डर कृष्णप्पा गौतमलाई किंग्स ११ पंजाबलाई बेच्यो । राजस्थान रोयल्सले पनि आफ्ना सबैभन्दा पुराना खेलाडी अजिंक्या राहाणेलाई दिल्ली क्यापिटल्सलाई बेचेको छ । उता गत सिजन सकिएपछि मुम्बइसँग दिल्लीले मयंक मार्कण्डेलाई किनेको थियो तर उसले अर्को सिजन सुरु हुनुभन्दा पहिल्यै फेरि मार्कण्डेलाई राजस्थान रोयल्सलाई बेचेको छ ।

दिल्लीले बलिङ अलराउण्डर राहुल तेवटियालाई पनि राजस्थानलाई बेचेको छ । राजस्थानले आफ्ना फास्ट बलर धवल कुलकणीलाई पनि मुम्बइ इण्डियन्सलाई बेचेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *