रितको उत्कृष्ट अर्धसतकमा भारत ‘बी’लाई नेपालले दियो २११ रनको लक्ष्य

डिसी नेपाल
२९ कार्तिक २०७६ १२:५८

काठमाडौं । भारतमा जारी यू–१९ च्यालेञ्जर्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत ब्लू टिमलाई २११ रनको लक्ष्य दिएको छ ।

विजयवाडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१० रन बनाएको छ।

नेपालका लागि कप्तान रित गौतमले ८४ रनको अर्धसतकिय इनिङ्स खेले । लोकेश बम पाँच रनमा, त्रित राज दास दुई रनमा, विशाल विक्रम केसी ३ रनमा र अविषेक बस्नेत डक आउट भए।

उनीबाहेक शेर मल्लले ३३ रन बनाए भने हरिबहादुर चौहानले २० रन बनाए । आकाश चन्दले १८, कुशल मल्लले १२, सागर ढकालले ९ र गौतम केसीले ५ रन जोडे ।

बलिङतर्फ दिभ्यांश जोशी र अथर्व विनोद अन्कोलेकरले दुई दुई विकेट लिए । यस्तै अकिव खान, विवेक कुमार र आरएम विष्नोईले एक एक विकेट हात पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *