‘म सुआरेजलाई मार्न तयार भइसकेको थिएँ’

डिसी नेपाल
२९ कार्तिक २०७६ १३:०१

काठमाडौं। लुइस सुआरेजले लिभरपुल छाडेर बार्सिलोना जाँदा उनी र लिभरपुलका कप्तान जोर्डन हेन्डरसनबीचको सम्बन्ध सुमधुर थियो तर जतिबेला उनीहरु लिभरपुल गएका थिए त्यतिबेला उनीहरुको सम्बन्ध दुश्मनको जतै भएको थियो । दुवै २०११–१२ को सिजनअघि लिभरपुल पुगेका थिए । अहिले इङल्याण्डका खेलाडीसमेत रहेका हेन्डरसनले सुआरेजसँग एकसाथ प्रशिक्षणमा रहँदा आफूले भोगेको तनावबारे बताएका छन् ।

‘त्यतिबेला म युवा खेलाडी थिएँ र त्यहाँ प्रशिक्षणका क्रममा सुआरेजले एउटा वा दुईवटा त्यस्ता काम गरेका थिए जुन मलाई मन परेको थिएन । त्यसले मलाई म त्यति राम्रो छैन भन्ने अनुभूति गर्न बाध्य बनायो’ एक अन्तरवार्तामा उनले भने ‘उनले हातहरु माथि उठाउँथे र यस्तो संकेत गर्थे मानौं उनले भनिरहेका छन् कि म त्यहाँ के गरिरहेको छु ? मानौं म त्यहाँ हुनु हुँदैनथ्यो । यसले मलाई धेरै चित्त दुख्यो र म निकै तनावमा थिएँ ।’

उनले भगाडि भने ‘उनले यस्तो एक, दुई अनि तीन पटकसम्म गरे त्यसपछि भने मेरो पारो तात्यो । मैले रिस खप्न सकिन । म उनलाई मार्न तयार भइरहेको थिएँ ।’ यद्यपि सुआरेजले लिभरपुल छाड्ने बेलासम्म भने उनीहरुको सम्बन्ध सुमधुर भइसकेको थियो । हेन्डरसनले थपे ‘त्यो घटनापछि भने लुइससँग मेरो धेरै राम्रो सम्बन्ध भयो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *