भारतबिरुद्ध एनआरएनएको कडा एक्सन, विश्वभरका शाखालाई भारतीय दूतावासमा गएर बिरोध गर्न निर्देशन

डिसी नेपाल
२९ कार्तिक २०७६ २२:४२

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि सो नक्साप्रति आपत्ति जनाउँदै बिरोधमा उत्रेको छ।

नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि एनआरएनएले विश्वभरमा रहेका एनसीसीहरुलाई भारतीय दूतावासमा गएर बिरोध गर्न निर्देशन गरेको हो।

संघका महासचिव डा. हेम राज शर्माले शुक्रवार विश्वभर छरिएका एनआरएनएका शाखाहरुलाई परिपत्र गर्दै उक्त निर्देशन दिएका हुन्। एनसीसीहरुलाई दूतावासमा पूगरे ज्ञापनपत्र बुझाउनसमेत निर्देशन गरिएको छ।

पत्रमा अनुकुलता हेरेर ज्ञापनपत्र बुझाउने मिति राष्ट्रिय समन्वय परिषद्लाई निर्धारण गर्न भनिएको छ । ज्ञापनपत्रको ढांचा भने सबै एनसीसीहरुलाई केन्द्रबाट नै पठाइएको छ।

एनआरएनएले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने बताएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय सीमाना रक्षाका लागि गैरआवासीय नेपालीहरुले देखाएको चासो प्रती संघले धन्यावाद पनि प्रकट गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *