टि टेन लीग : पारसले पाए मौका

डिसी नेपाल
२९ कार्तिक २०७६ २२:५८

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले शुक्रबार अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा डेब्यू गरेका छन्।

यूएईमा जारी टि टेन लिगमा टिम आबुधाबीमा रहेका पारसले क्लान्दरसँगको खेलमा मौका पाएका हुन्।

यतिबेला पारस आवद्ध टिम आबुधाबी ब्याटिंग गरिरहेको छ। यो समाचार तयार पार्दासम्म आबुधाबीले २ ओभरमा १ विकेट गुमाएर २३ रन बनाइसकेको छ।

पारसको यो पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल हो। नेपालका लागि लामो समय कप्तानी गरेका खड्काले हालै कप्तानबाट राजीनामा दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *