बागलुङ-२ (ख) मा यसपटक मेरो जीत सुनिश्चित छ : कांग‍ेस उम्मेद्वार शेरचन

अमृत पौडेल
३० कार्तिक २०७६ १०:४५

काठमाडौँ । आगामी मंसिर १४ गते देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ। देशभर प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगरपालिका प्रमुख ३, गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १ र ४३ स्थानमा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । कास्की–२ मा देशकै एकमात्र प्रतिनिधिसभाको उपनिर्वाचन हुँदै गर्दा गण्डकी प्रदेशको अर्को जिल्ला बागलुङ २ (ख) मा पनि प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । बागलुङ–२ (ख) मा प्रदेशसभा सदस्यका लागि दुई स्वतन्त्रससहित १० जनाले उम्मेद्वारी दर्ता गराएका छन्। जसमा नेपाली कांगेसबाट युवा नेता जीत शेरचनले उम्मेद्वारी दर्ता गराएका छन् भने नेकपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुँदा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य खिमविक्रम शाही उम्मेदवार बनेका छन्। यहाँ १० जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा भने जनमोर्चाका शाही र कांग्रेसका शेरचनबीच हुने देखिन्छ। शेरचन यसअघि ७४ सालको प्रदेशसभा निर्वाचनमा यसै क्षेत्रबाट चुनाव लडेका थिए ।

विद्यार्थी राजनीतिबाट उदायका शेरचन २०६२ सालमा काठमाडौँको ताहचल क्याम्पसको स्ववियु सभापति समेत भएका थिए। बागलुङको ढोरपाटन नगरपालिका–१ का स्थानीयवासी शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रुपमा चिनिन्छन्। यतिबेला चुनावी प्रचारमा व्यस्त कांग्रेस उम्मेद्वार शेरचनसँग डिसी नेपाल डटकमका अमृत पौडेलले गरेको कुराकानी :

बागलुङ–२ (ख) चुनावी अभियान कसरी चलिरहेको छ ?

हाम्रो पार्टी नेपाली कांग्रेस चुनाव प्रचार प्रसारमा लागिसकेको छ भने हाम्रा प्रतिस्पर्धी साथीहरु पनि प्रचारप्रसारमा लागिरहनु भएको छ । हामी दिनरात नभनी जनताका घरघरमा पुगेर चुनावी प्रचार गरिरहेका छौँ । यो समय आफ्ना एजेन्डा जनतासामु लैजाने उपयुक्त समय पनि हो ।

तपाईका चुनावी एजेन्डा के के हुन् ?

पहिलो कुरा त २०७४ सालको निर्वाचनमा बहुमत ल्याइसकेपछि नेकपा नेतृत्वको सरकारले दुई वर्षसम्म गरेका काम र गर्न नसकेका कामहरुलाई हामीले जनतासामु लिएर गएका छौँ । त्यसपछि भौगोलिक रुपमा पनि पछि परेको यो क्षेत्रमा राज्यले पनि पछि पार्ने काम गर्यो, राज्य र जनताकाबीचमा ग्याप भयो, जनप्रतिनिधिहरुले पनि राज्यसँग पहुँच पुर्याएर जनताका समस्या पुर्याउन सकेनन् यिनै विषयवस्तुमा रहेर हामीले चुनावी अभियान चलाईरहेका छौँ ।

यसअघि पराजित निर्वाचन क्षेत्रमा फेरि तपाइँकै उम्मेदवारी किन ?

यसअघि भएको २०७४ को निर्वाचनमा मैले जनताका बीचमा कैयौँ एजेण्डा लिएर गएपनि हारका कारण मैली ती एजेण्डामा रहेर काम गर्ने अवसर पाईन । अहिले परिमार्जित केही थप एजेण्डा र पुराना एजेण्डालाई सार्थक बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ। निर्वाचनपछि बितेको समयमा मैले यस क्षेत्रमा संगठन विस्तार, विकास निर्माण र जनसम्पर्कलाई ध्यान दिएर काम गरेँ । अझै ती कामलाई सशक्त र प्रभावकारी बनाउनका लागि पुनः उम्मेद्वारी हो ।

नेकपा उम्मेद्वारभन्दा तपाई के मा राम्रो ?

पहिलो कुरा त नेकपा र कांग्रेसका केही बैचारिक मतभेदहरु छन् । दोस्रो कुरा हामी उम्मेद्वारहरुका पनि आ–आफ्नै एजेन्डा छन् । उम्मेद्वारहरुका एजेन्डाहरु जनताले राम्रोसँग बुझ्नुपर्यो । ति एजेन्डाहरु जनताले बुझिसकेपछि कुन उम्मेद्वार ठिक हो कुन उम्मेद्वार बेठिक हो भने जनताले छान्न पर्यो । निर्वाचनको बेलामा कुन उम्मेद्वारका एजेन्डा ठिक कुनका बेठिक भन्ने बुझ्न पाउने जनताको अधिकार छ। त्यसैकारण मलाई लाग्छ चाहे त्यो राज्यमा भएको कुरा होस् या चाहे स्थानीय तहमा भएको कुरा होस् सबै कुरा जनतामा छर्लङ्गै छ । त्यसै कारण जनताले नेकपासहित जनमोर्चाको संयुक्त उम्मेद्वारलाई भन्दा हाम्रो पार्टीलाई माया गर्छन् र मलाई नै विजयी गराउँछन् ।

जनताले तपाईँलाई भोट किन दिने ?

पहिलो कुरा त म राजनीतिमा समाज सेवाका लागि लागेको हो । धन कमाउनका लागि लागेको होईन । राजनीति भनेको जनताका लागि गर्ने कुरा हो आफ्नो लागि होईन। तेस्रो कुरा भ्रष्ट्राचारै भ्रट्राचारले देश जगडिएको अवस्थामा शुसासन ल्याउनका लागि म र नेपाली कांग्रेस लागिपरेको छ । आज न शान्ति सुरक्षा छ न सुशासन छ, दुवै चिज नभएपछि आर्थिक समृद्धि हुने सम्भावना नै छैन । यि कुराहरु अहिलेका जल्दाबल्दा राष्ट्रिय समस्याहरु नै हुन् । यो हाम्रो स्थानीय क्षेत्रमा पनि यहाँका जनताहरु धेरै पछाडि परेका छन् । जनताको चेतना स्तर उकास्नुपर्ने छ । जनतालाई सुसुचित गराउनुपर्ने छ । नेतृत्व लिएको जनताको अगुवाई गर्नुपर्ने छ त्यसैले जनताले प्रजातान्त्रिक उम्मेद्वार मलाई नै भोट हालेर विजयी गराउनुहुनेछ ।

जित्ने कति प्रतिशत सम्भावना छ ?

हामी यति प्रतिशतले नै जित्छौँ भन्ने त केही पनि छैन । मेरो आफ्नो निरन्तर गतिबिधि छ । निर्वाचन अवधिभर हाम्रा प्रचार प्रसार चलिरहन्छन् । जनतामा हाम्रा एजेन्डा यी हुन्, विजयी भएको खण्डमा हामीले गर्ने काम यि हुन, कांग्रेस भनेको यस्तो पार्टी हो भन्ने हो । एजेन्डा बुझेपछि जनताले आफ्नो निर्णय भोटाबाट गर्छन् । अहिले जित्ने यति उती प्रतिशत भन्दा पनि हामीले चुनावी अभियानहरु हेर्दाखेरी हाम्रो जित सुनिश्चित छ ।

चुनावमा कांग्रेस कमजोर नभईकन आन्तरिक अन्तरघात भएर हार्छ भनिन्छ, बागलुङ–२ (ख) को अवस्था कस्तो छ ?

अहिले पहिलाको जस्तो कार्यकर्ताहरु छैनन् । पहिलाका जस्ता परम्परागत भोटरहरु पनि घट्दै गएका छन् । अहिले समाजमा ३५–४० वर्षका युवाहरु पार्टीमा सक्रिय छन् । पूराना नेतृत्वको साथ र सहयोगले हामी अगाडि बढिरहेका छौँ । पहिला के भयो भन्दा पनि अब एक जुट भएर कांग्रेस उम्मेद्वारलाई विजयी गराउनुपर्छ भन्ने हामी सबैको एक मत छ । हामी त्यसरी नै चुनावी अभियानमा लागिरहेका छौँ ।

कांग्रेस उम्मेद्वार जित शेरचनले ठुलो धन राशि खर्च गरेर पूर्व माओवादीबाट बागी उम्मेद्वार उठाएको भन्ने आरोप छ नि ?

जीत शेरचन भन्ने मानिस सर्बहारा नेता हो । आजको दिनसम्म मेरो नेपालभर कहीँपनि न घर छ न जग्गा जमिन छ । हिजो स्वतन्त्र विद्यार्थी यूनियनको सभापति हुँदाखेरी पनि चप्पल लगाएर हिँडर राजनीति र आन्दोलन गरेको मान्छे हो । मेरो एउटा सानो कम्पनी छ त्यो कम्पनीले आम्दानी गरे खाने हो । बाहिर थर शेरचन जात थकाली भन्दैमा सबै धनी हुँदैनन् । त्यो विपक्षीले कुनै नकारात्मक टिप्पणी गर्न नपाएर फैलाएको अफवाह मात्रै हो ।

एउटै गठबन्धबाट दुई उम्मेद्वार उठ्दा तपाईलाई केही फाईदा हुन्छ ?

बागी उम्मेद्वार उठ्दा त्यस्तो भिन्नता केही छैन्। किनकी हाम्रा आफ्नै एजेण्डा छन्, नीति तथा प्रचारप्रसारका कार्यक्रम छन्। व्यक्तिगत कांग्रेससँग जोडिएको मेरो आफ्नो स्वाभाव छ, प्रभाव छ। मेरो आफ्नो कार्यशैली छ । मेरो आफ्नो नीति छ। त्यो नीति भन्दा बाहिर गएर मैले राजनीति पनि गर्दिन। त्यही नीति भित्र रहेर जनताको सेवा गर्ने हो। जनताको सेवा गर्नका लागि प्रतिपक्ष कत्रो आउँछ भनेर डराउनु पर्ने छैन्। म आफ्नो पार्टीको नेता तथा कार्यक्रर्ता भएर पूर्ण रुपमा तयारीका साथ निर्वाचनमा होमिएको हुँ।

सरकारप्रति जनता रुष्ट भइरहेको समयमा जनताको विकल्प कांग्रेस बन्न सक्छ ?

विकल्प त किन बहुनु। अहिले नेकपाको सरकारले के गरेको छ भनेर जनताले प्रष्ट देखेकै छन्। मेरो ठाउँका जनता प्रविधिबाट अलिकति पछाडि रहेका छन्। २०० सय घर मध्ये ३, ४ जनाको घरमा मात्र टेलिभिजन छ। यहाँका जनताको चेतनास्थर केही कमजोर छ। तर बुझायो भने यहाँका जनताले त्यो कुरा बुझछन्। सरकार अहिले अलोकप्रिय त छ तर जनतालाई शान्नि सुरक्षा दिन सकेको छैन्। जनतामा बाँडेका धेरै सपना आज चकनाचुर भएका छन्। जनताले अब सरकारको विकल्प खोज्नुपर्छ भन्ने बहस हुन थालेको छ । अबको निर्वाचनको परिणामबाट त्यो कुरा प्रमाणित हुन्छ।

उपनिर्वाचन हुँदै गर्दा सबैभन्दा बढी बागलुङका ८ वटै मतदानस्थल संवेदनशील देखिएका छन्। त्यहाँ निष्पक्ष रुपमा चुनाव होला त ?

वास्तवमा निष्पक्ष रुपमा चुनाव हुनुपर्छ। सरकारले अब यो निर्वाचनलाई आफ्नो दाउपेचका रुपमा लिएर भयरहित वातावरणमा निर्वाचन गरेन भने यो सरकारकै लागि घातक हो । सबै कुरा डन्डा लगाएर ठिक पार्न सकिन्छ भन्ने यो सरकारले कल्पना नगरेहुन्छ । त्यसकारणले गर्दा हामीले हाम्रो तयारी संगठित रुपमा गरेका छौँ । हाम्रो तयारी पूराका पूरा छ । हाम्रा कार्यकर्ताहरु सजग छन् । त्यसकारण हामीले यो चुनाव सबै ढंगले निष्पक्ष र धाँधली रहित बनाउन प्रयत्न रहन्छौँ र सरकारले पनि धाँधली रहित र सुरक्षित बनाउनुपर्छ ।

अन्तमा बागलुङ २ (ख) का जनतालाई के भन्नुहुन्छ ?

देशभरको उपनिर्वाचन लगाएत हाम्रो बागलुङ २ (ख) को सबैभन्दा दुर्गम ढोरपाटन एरियामा उपनिर्वाचन हुँदै छ । मतदान भनेको विचारको दान हो । यो मतदान कसैले किन्ने खोजेर र बेच्न खोजेर बोच्चिनु हुँदैन । कसैले त्यो किन बेच गर्न खोज्छ भने त्यो इमान किने जस्तो र बेचेजस्तो हो । पहिलो कुरा इमान्दारीको मत उममेद्वारको विचार, स्वभाव, सैली संस्कार र एजेन्डा हेरेर सम्पूर्ण मतदाताहरुले आफ्नो मत दिनुहोला । यस क्षेत्रका जनताको सुख दु:खमा साथ रहने म बाचा गर्दछु र मलाई शुभेच्छा प्रकट गर्ने सबैप्रति म आभारी छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *