भारतले अतिक्रमण गरेको डाँडामा अनेरास्वयुले गाड्यो नेपालको झण्डा
काठमाडौं। भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले शनिबार नेपालको झण्डा गाडेको छ ।
इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।
पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ ।
अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment