कर्मचारीलाई झुक्याएर हवाइजहाजभित्रै पोर्न फिल्मको सुटिङ !

डिसी नेपाल
१ मंसिर २०७६ १०:५२

काठमाडौं। केही अभिनेताहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक हवाइजहाजभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । उनीहरुले हवाइजहाजको भाडाको रुपमा १०० पाउण्ड (करिब १५ हजार नेपाली रुपैयाँ) दिएका थिए तर भित्र पोर्न फिल्म सुटिङ गर्ने तयारीबारे केही जानकारी दिएका थिएनन् । यो घटना बेलायतको मिडल्याण्ड एयर म्युजियमको भएको बेलायती मिडिया द सनको समाचारमा उल्लेख छ

मिडल्याण्ड एयर म्युजियममा आम सर्वसाधारण र बालबालिकाको उपस्थितिकै बेला पोर्न फिल्मको सुटिङ भएपछि कैयौं प्रश्न उठेका छन् । समाचारमा उल्लेख भएअनुसार जुन विमानमा सुटिङ भयो त्यो विमान कुनै बेला एयर फ्रान्सको थियो । संग्रहालयका कर्मचारीका अनुसार उनीहरुलाई झुक्याएर एडल्ट फिल्मको सुटिङ गरिएको थियो । सुटिङका लागि अभिनेताहरु पाइलट र एयर होस्टेसको पहिरनमा आएका थिए ।

उनीहरुले कर्मचारीलाई आफूहरु विमानमा स्विमवेयर सुट गर्न गइरहेको बताएका थिए । कर्मचारीले यदि आफूहरुलाई घटनाको जानकारी भएको भए त्यही बेला सुटिङ रोकिदिने बताएका थिए । जुन विमानमा सुटिङ भयो त्यो विमानलाई १९५० को दशकमा चार्टर होलिडेको लागि प्रयोग गरिन्थ्यो । संग्रहालयका प्रबन्धक डिआने जेम्सका अनुसार बेलाबेलामा मानिसहरु पाइलट र एयरहोस्टेसको पहिरनमा आएर विमानभित्र अभिनय गर्ने हुँदा उनीहरुमाथि कर्मचारीलाई शंका भएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *