निर्वाचनमा कांग्रेसले नजिते लोकतन्त्र धरापमा : नेता पौडेल

डिसी नेपाल
१ मंसिर २०७६ ११:४६
8
Shares

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनमा पनि नेपाली कांग्रेसलाई विजयी नगराए देशमा लोकतन्त्र धरापमा पर्ने बताएका छन् ।

आज कास्की क्षेत्र नम्बर २ मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालय उद्घाटन गर्दै नेता पौडेलले अझै पनि जनताले नबुझेर अन्य पार्टीका उम्मेद्वारलाई मत दिए लोकतन्त्र धरापमा पर्ने बताएका हुन् ।

नेता पौडेलले भने, “सरकारले भ्रष्ट्राचार र काम नगर्ने ठेकेदारलाई संरक्षण गर्न लागिरहेको छ, अबको उपनिर्वाचनमा पनि जनताले अन्य पार्टीका उम्मेद्वारलाई मत दिए सरकारलाई भ्रष्ट्राचार गर्न मत दिएको ठहरिन्छ।”

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले कास्की क्षेत्र २ मा खेमराज पौडेल उम्मेद्वार बनाएर चुनावमा होमिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *