१७ वर्षका २ जना किशोरसँग शारीरिक सम्बन्ध राख्ने शिक्षिकाले १० करोड पाइन्

डिसी नेपाल
१ मंसिर २०७६ ११:३३

काठमाडौं। प्राथमिक तहकी एक शिक्षिकालाई २ जना किशोरसँग शारीरिक सम्बन्ध राखेको कारण जागिरबाट निकालिएको थियो । तर अब ती शिक्षिकालाई ७ लाख पाउण्ड (१० करोड ३६ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिइएको छ । यो घटना बेलायतको पोर्ट टालबोटको हो ।

बीबीसीको रिपोर्ट अनुसार टिविन प्राइमरी स्कुलमा पढाउने म्याथ्यु एपलिनले डेटिङ एपको माध्यमबाट १७ वर्षका २ किशोरसँग कुराकानी गरेकी थिइन् र उनीहरुबीच शारीरिक सम्बन्ध रहेको थियो । तर स्कुलका प्रशासकले यलाई गलत माने र उनलाई जागिरबाट निकालिदिए । ती शिक्षिकामाथि स्कुलले उनको व्यवहारले स्कुलको बदनामी हुने आरोप लगाउँदै स्कुलकी हेडटिचरको रुपमा यस्तो गर्नु सही नभएको बताएको थियो ।

यस्ता विवादबारे पैरवी गर्न बनेको एक ट्रिब्युनलले भने आफूमाथि यौनिक अभिमुखीकरणका आधारमा भेदभाव गरिएको भन्ने शिक्षिकाको दावीलाई सही पायो । शिक्षिकाले आफूलाई यस्तो भेदभावको आधारमा जागिरबाट निकालिनु सही नभएको दावी गरेकी थिइन् । ट्रिब्युनलको फैसलाविरुद्ध स्कुल प्रशासनले अपिल पनि गरेको थियो तर त्यो अपिल खारेज गरियो ।

अब ट्रिब्युनलले स्कुललाई ७ लाख पाउण्ड क्षतिपूर्ति ती महिलालाई दिन आदेश दिएको छ । ट्रिब्युनलले आफ्नो फैसलामा भनेको छ कि शिक्षकको पेशामा हुनुका बावजुद उनलाई व्यक्तिगत तरिकाले बाँच्ने अधिकार छ । शिक्षिकालाई जागिरबाट निकाल्नको लागि स्थानीय शिक्षा प्राधिकरणलाई सहमत गराएको विषयमा पनि ट्रिब्युनलले स्कुल प्रशासकको आलोचना गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *