भवितव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

डिसी नेपाल
१ मंसिर २०७६ २०:१२

धादिङ ।  भवितव्य ज्यान मुद्धाका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत दिपेश मिजारलाई पक्राउ गरेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

सम्मानित धादिङ जिल्ला अदालतबाट मिति २०५६ साल असोज १९ गतेको फैसलाले ६ महिना कैद र ५ सय जरिवाना भइ भवितव्य ज्यान मुद्दाका फरार जिल्ला धादिङ धुनिबेशी नगरपालिका ४ बस्ने ४१ वर्षीय दिपक मिजार भन्ने दिपेश मिजारलाई प्रहरीले आइतबार सोही ठाउँबाट पक्राउ गरेको डिएसपी खड्काले बताए ।

पक्राउ परेका मिजारलाई आइतबार नै धादिङ जिल्ला अदालतमा पेश गरेर सो कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ चलान गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *