नेकपा प्रवास समन्वय कमिटीको इञ्चार्जमा पाण्डे

डिसी नेपाल
२ मंसिर २०७६ ६:५५

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इञ्चार्जमा वृन्दा पाण्डेलाई चयन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै पाण्डेलाई इञ्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको हो।

त्यस्तै कमिटीको अध्यक्षमा युवराज चौलागाईं, सचिवमा श्रीप्रसाद शाह र सदस्यमा रुकु विकलाई जिम्मेवारी दिने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रवासी नेपालीको बीचमा सम्बन्ध, सम्पर्क स्थापित गर्न, एकता र मेलमिलाको भाव प्रस्तुत गर्नुका साथै उनीहरुको हकहितको रक्षाका निम्ति कमिटीले आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नेछ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *