सिर्जना उत्सवको ४२ औ शृंखला

डिसी नेपाल
२ मंसिर २०७६ ८:१६

बाेस्टन। अमेरिकाको बोस्टनमा आइतबार मासिक साहित्यिक कार्यक्रम “सिर्जना उत्सव” सम्पन्न भएको छ| पाँच बर्षदेखि आयोजना हुँदै आएको कार्यक्रमको यो ४२ औ शृंखला हो|

साहित्यकार दीपा राई पुनको जन्मोत्सवको सन्दर्भ पारेर आयोजना गरिएको यस पटकको कार्यक्रममा हरि काफ्ले, अच्युत अधिकारी, अग्नि पराजुली, महेश्वर पन्त, सुशील नेपाल, ममता कर्माचार्य , अनु शाह, गोवर्धन पूजा , लालगोपाल सुवेदी ,दीपा राई पुन, धीरज पुन, भक्त गुरुङलगायतले कविता वाचन गरे|

कार्यक्रम आगामी कार्यक्रमको संयोजक अनु शाहको सभापतित्वमा सम्पन्न भएको थियो| बोस्टन वरिपरिका साहित्यकारहरूको नयाँ सिर्जना सुन्ने सुनाउने उदेश्यले संचालित यस सिर्जना उत्सवले बोस्टन बाहिरबाट आउने साहित्यकारको सम्मानमा साहित्यिक कार्यक्रम गर्ने र सर्जकको कृति प्रकाशन गर्ने कार्य पनि गर्दै आएको छ| निकट भविष्यमा पचासौ शृंखलाको अवसर परेर यसले स्मारिका प्रकाशन गर्ने पनि भएको छ|




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *