रेष्टुरेन्टहरुको पूर्ण जानकारी दिने ‘रेष्ट्रो मेनु एप’ सार्बजनिक

डिसी नेपाल
३ मंसिर २०७६ १०:४१

काठमाडौँ । नेपालमै पहिलो पटक रेष्टुरेन्टहरुको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘रेष्ट्रो मेन एप’ सञ्चालनमा आएको छ। स्मार्ट अनलाइन सोलुसन प्रा. लि ले निर्माण गरेको उक्त एपको एक कार्यक्रमकाबीच होटल उद्यमी, लेखक तथा सामाजिक अभियान्ता कर्ण शाक्यले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै शाक्यले युवाहरुले प्रविधिको सहि सदुपयोग गर्दै यस्ता कार्यहरुको सबैले अनुशरण गनुपर्नेमा जोड दिए। देशमा यस्तै एपहरुको स्थापना भएमा देश गरीब नभएर धनी तर्फ उन्मुख हुने उनीहरुको भनाइ थियो । रेस्टुरेन्ट पारखीहरुले अब एउटा मोबाइल एपको प्रयोग मार्फत आफुले मनमा लागेका कुरा रोजेर खान मिल्ने र एपमा कुन खानाको मुल्य कति भन्ने जानकारी लिन मिल्ने स्मार्ट अनलाईन सोलुसनका अध्यक्ष ध्रुब शर्माले बताए ।

एपले रेष्टुरेन्ट सञ्चालकको अब आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने उपयुक्त माध्यम बन्ने, रेष्टुरेन्ट र ग्राहकबीच पुलको काम गर्नुका साथै ब्यबसायलाई आधुनिक प्रविधिसंग जोडी सरल र सहज बनाउने विश्वास लिइएको संचालकले प्रष्ट पारे । विदेशहरुमा व्यापक रूपमा चलेको प्रविधि नेपालमा भित्राएपछि अब आफुले रोजेको र खोजेको खाना खान भोतारिँदै हिँड्नु नपर्ने पनि अध्यक्ष शर्माले बताए ।

हाल काठमाडौँ लगायत नेपालका प्रमुख पर्यटकीय ठाउँ पोखरा, चितवन, लुम्बिनी र भैरहवा सहित नेपालका विभिन्न स्थानका करिब २ हजार रेष्टुरेन्ट यस एपमा आवद्ध भइसकेका छन्। ६ महिनामा करिब ५ हजार, १ बर्ष भित्रमा नेपाल अधिराज्यका करिब दश हजार रेस्टुरेन्ट यस एपमा जोड्ने र आगामी २ वर्ष भित्र अन्तर्राष्ट्रिय स्तरमा समेत जोड्ने योजना रहेको निर्माण पक्ष स्मार्ट अनलाईन सोलुसनले जनाएको छ।

अहिलेको युग भनेको प्रविधिको युग हो सबैका हात हातमा स्मार्ट मोबाइल छन् हरेक किसिमबाट आधुनिक प्रबिधिको उपयोग बढी रहेको अवस्थामा यो एप हालको समयको माग रहेकाले पुर्ण सफल हुनेमा निर्माण पक्ष ढुक्क देखिन्छ ।

कार्यक्रममा सफल व्यबसायी तथा समाजसेवी खुमा अर्याल लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि, होटल व्यबसायी, पर्यटन व्यबसायी र कलाकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्मार्ट अनलाइन सोलुसन प्रा. लि. का म्यानेजिङ डिरेक्टर सुरेश रेग्मी, म्यानेजर जगत नेपाल लगायतले एपका विषयमा जानकारी दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *