नियन्त्रित लागूऔषधसहित ३ जना पक्राउ

डिसी नेपाल
३ मंसिर २०७६ १६:४८

काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवापुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङ शुवडीपल नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङ रहेका छन् ।

प्रहरी चौकी ईनरुवा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा, धनौजी गाउँपालिका–४ भडहरीयाबाट नियन्त्रित लागूऔषध नाईट्रोभ्याट १ हजार ५ सय ट्यावलेट सहित जनकपुर उपमहानगरपालिका–२ कदमचोक बस्ने धनुषाधाम नगरपालिका–५ घर भएका २३ वर्षीय चन्देश्वर महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त ट्यावलेट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *