बाल गृहको अनुगमनका कडाई गर्न सरकारसँग माग

डिसी नेपाल
४ मंसिर २०७६ १३:४४

काठमाडौं। अधिकारकर्मीहरुले बाल गृहको अनुगमनका कडाई गर्न सरकारसँग माग गरेका छन्।  बाल अधिकारकर्मी गौरी प्रधानले संवैधानिक व्यवस्था अनुसार बाल अधिकारको संरक्षण सुनिश्चित हुनेगरी बनेको ऐन, नियम र कानुनको प्रभावकारी कार्वान्वयनका लागि पनि सरकारले बाल गृहको अनुगमनमा कडाई गर्नुपर्ने बताए।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक स्थिरता नभएका कारण नेपालले बाल अधिकारको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको उल्लेख गरे। प्रधानले नेपालले लैगिंक समानताको दृष्टिकोणबाट भने बाल अधिकारको क्षेत्रमा प्रगति गरेको मान्नुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बाल अधिकारको संरक्षणका लागि प्रदेश र स्थानीय तहको सरकारले पनि उत्तिकै ध्यान दिन जरुरी रहेको बताए।

उनले बाल अधिकारसँग सम्बन्धित संघ, संस्थाहरुले पनि दीगो विकास लक्ष्य हासिल हुने गरी बाल अधिकारको क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता औंल्याए। सचिव घिमिरेले बाल अधिकारमैंत्री हुने गरी कानुन निर्माण गर्न प्रदेश र स्थानीय सरकारलाई पनि आग्रह गरे।

सचिव घिमिरेले सरकारले बाल अधिकारको हनन् हुन नदिने गरी विभिन्न कानुनहरुको आवश्यक परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *