१५ वर्षदेखि आफूलाई पाइलट भन्दै विमानमा सित्तैमा यात्रा गरिरहेका व्यक्ति पक्राउ

डिसी नेपाल
४ मंसिर २०७६ १६:५१

काठमाडौं। पाइलटको युनिफर्म लगाएर आफूलाई पाइलट बताउँदै विभिन्न विमानमा चढेर सित्तैंमा घुम्ने व्यक्तिलाई दिल्ली पुलिसले पक्राउ गरेको छ । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटको युपिनफर्ममै पसेका उनलाई पक्राउ गरिएको हो । मंगलबार साँझ एक एयरलाइन्सका कर्मचारीले एयरपोर्ट पुलिसलाई एक जना व्यक्ति उनीहरुको एयरलाइन्सको पाइलटको युनिफर्म लगाएर घुमिरहेको भन्दै उजुरी दिएका थिए ।

ती नक्कली पाइलटले युनिफर्ममा नेमप्लेट पनि लगाएका थिए र उनीसँगबाट नक्कली परिचय पत्र समेत बरामद भएको छ । जाँचमा ती व्यक्तिले जुन नामको नेम प्लेट लगाएका थिए त्यो नामको कुनै पनि पाइलट एयरलाइन्समा नभएको पाइएको थियो । उनले नेमप्लेटमा आफ्नो नाम राजन महबुबानी लेखेका थिए । आरोपी व्यक्तिले ती सबै सुविधाको फाइदा उठाउने प्रयासमा थिए जुन सुविधा एयरलाइन्सले पाइलटलाई दिन्छन् ।

पुलिसका अनुसार उजुरी आएपछि ती व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले आफूले यस्तो पहिले पनि गरेको बताएका थिए । आरोपीका अनुसार उनले यसअघि पनि १५ पटक नक्कली पाइलट बनेर विमानमा यात्रा गरिसकेको र पाइलटले पाउने सबै सुविधाको फाइदा उठाएको बताएका थिए । राजनले पुलिसलाई बताएअनुसार उनले चण्डीगढबाट स्नातक गरेका छन् र कोलकातामा कर्पोरेट ट्रेनिङको काम गर्छन् । उनी मंगलबार पनि पाइलटले पाउने सबै सुविधा लिँदै सित्तैमा दिल्लीबाट कोलकाता जाने तयारीमा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *