पारस आबद्ध टिम आबु धाबी र ग्लाडीयटर्सबीचको खेल वर्षाले रोकियो

डिसी नेपाल
५ मंसिर २०७६ ६:३२

एजेन्सी । युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबी र डेकन ग्लाडीयटर्सबीचको खेल नतिजा विहीन सकिएको छ ।

शेख जायद स्टेडियममा बुधबार राति वर्षा वाधक बनेपछि खेल रद्द भएको छ । खेल रद्द हुँदा दुवै टिमले एक एक अंक बाडेका छन् ।

आबु धाबीले दिएको १ सय १९ रनको लक्ष्यसहित ग्लाडीयटर्सले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि ग्लाडीयटर्सले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा ४ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

आबु धाबीका लागि वेनी मेड्सेनले २९ रन जोड्दा लुक राइटले २३ रन बनाए । लेवीस ग्रिगोरी २० रनमा अविजित रहे । ग्लाडीयटर्सका फावद अहमेदले २ विकेट लिए ।

ग्लाडीयटर्सविरुद्ध पारस भने प्लेईङ सेटमा परेनन् । सुरुवाती दुई खेल खेलेका पारस लगातार तेस्रो खेलमा टिम बाहिर रहेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *