क्लबमा खुशी ल्याउने माउरिन्होको बाचा

डिसी नेपाल
५ मंसिर २०७६ ७:०८

एजेन्सी । टोटेनहमका नयाँ प्रशिक्षक जोसे माउरिन्होले क्लबमा खुशी ल्याउने बाचा गरेका छन्। ५६ बर्षका पोर्चुगिज माउरिन्हो बुधबार क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए । मंगलबार राति माउरिसियो पोचिटिनो क्लबबाट बर्खास्तमा परेपछि माउरिन्होलाई टोटेनहमको जिम्मेवारी सुम्पिएको थियो ।

प्रियिमर लिग क्लब चेल्सी र म्यान्चेष्टर युनाईटेडका पुर्व प्रशिक्षक माउरिन्होले टोटनहमको वर्तमान टिमको स्तरको प्रशंसा गरेका छन् । त्यस्तै उनले विश्वस्तरीय रंगशाला र ट्रेनिङ गरिने मैदानको समेत खुलेर प्रशंसा गरे । क्लबको टिभीलाई अन्तरवार्ता दिदै उनले भनेका छन्, ‘क्लबलाई माया गर्नेका लागि हरेक किसिमको खुशीयाली ल्याउन कोशिश गर्नेछु ।’

माउरिन्होले सन् २०२२–२३ को सिजन सम्म क्लबसंग सम्झौता गरेका छन् । उनले आधारभुत तलबको रुपमा ८ मिलियन डलर क्लबबाट पाउनेछन् । सन् २०१८ को डिसेम्बरमा म्यान्चेष्टर युनाईटेडबाट बर्खास्तमा परेपछि माउरिन्होले पहिलो पटक क्लब सम्हाल्ने अवसर पाएका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *