सागका लागि भलिबलको खेल तालिका सार्वजनिक, नेपाल र भारत एउटै समूहमा

डिसी नेपाल
५ मंसिर २०७६ ८:२३

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष र महिला दुवै भलिबलको खेल तालिकाको टुङ्गो लागेको छ । तालिका अनुसार दुवै तर्फ नेपाल समूह एमा परेको छ । समूह एमा नेपाल सहित भारत र बंगलादेश रहेका छन् ।

समूह बीमा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसंग खेल्नेछ । समुह चरणको अन्तिम खेलमा मंसिर १३ गते भारतसंग खेल्नेछ । समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्नेछन् । र उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सागका लागि नेपालले राष्ट्रिय पुरुष र महिला भलिबल टिमको घोषणा गरिसकेको छ । राष्ट्रिय टिममा पर्न सफल पुरुष खेलाडीमा ईम राना, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा र टेकराज अवस्थी छन् । त्यस्तै, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, रविन चन्द रहेका छन् ।

यस्तै सागका लागि महिला खेलाडीमा अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी र हिरा के.सी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *