विमानस्थलमा रहेको विमान नजिकै चट्याङ परेपछि…

डिसी नेपाल
५ मंसिर २०७६ १०:३९

बीबीसी । न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन्।

एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त तस्बिर विमानस्थलमै रहेको एउटा हेलिकप्टरका चालकले स्थानीय समयानुसार अपराह्ण ३ः३० बजे खिचेका थिए।

उक्त कम्पनीले आफ्नो फेसबुक पेजमा आफ्नो झ्यालबाहिर त्यस्तो दृश्य देखिएको उल्लेख गर्दै तस्बिर प्रेषित गरेको छ। उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो।

न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो।  क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हवाहुरी र अण्डाजत्रा असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थानीय सांसद एन्ड्र्यू फ्यालूनले आफ्नो कार्यलयबाहिर परेको असिनाको भिडिओ खिचेकाट्विटरमा प्रेषित गरेका छन्। न्यूजील्यान्डको मेटसर्भिसले दुई घण्टाको अवधिमा उक्त क्षेत्रमा सात सयवटा चट्याङ परेको जनाएको छ। तर मौसमसम्बन्धी चेतावनी अहिले हटाइसकिएको अधिकारीहरूले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *