डे/नाईट टेष्टको टिकटमा कालोबजारी, ६ जना पक्राउ
एजेन्सी । भारत र बंगलादेश शुक्रबार आफ्नो पहिलो डे/नाइट टेष्ट खेल्दैछन्। कलकत्ताको इडेन गार्डेन स्टेडियममा हुने उक्त खेलका सबै टिकट बिक्री भएको बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले बताएका थिए।
तर उक्त टिकटको कालोबजारी शुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। इडेन गार्डेन अगाडी कालोबजारी गर्ने ६ जनालाई गिरफ्तार गरेको बताइएको छ। उनीहरुसँग ३८ टिकट बरामद भएका छन्।
पहिलो पटक भारतमा डे नाइट टेस्ट क्रिकेट हुन लागेकाले दर्शकहरु पनि निकै उत्साहित रहेको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले बताएका छन् । अहिलेसम्म उक्त टेस्टको चार दिनका टिकट सबै बिक्रि भएका हुन् । पाँच दिनको टेस्ट क्रिकेट हुने भए पनि भारत र बंगलादेशबीचको टेस्ट कति दिनमा सकिने त्यो भने अनुमान गर्न अप्ठेरो परेको छ ।
पहिलो टेस्ट भारतले तीन दिनमै एक पारि र १३० रनले जीत निकालेको थियो । भारत र बंगलादेशबीचको दोस्रो तथा अन्तिम टेस्ट शुक्रबार दिउँसो सवा १ बजेदेखि शुरुहुने छ । रातिमा खेल हुने भएकाले यो टेस्टमा पहिलो पटक पिंक रंगको बल पनि प्रयोग गरिने यस अघि नै जनाइएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment