सागका लागि श्रीलंकाको क्रिकेट टोली घोषणा, राष्ट्रिय टिमबाट खेलेका खेलाडी समावेश

डिसी नेपाल
५ मंसिर २०७६ १३:०४

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि श्रीलंकाले टिमको घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका युवा खेलाडी कामीन्डु मेन्डिसलाइ समावेश गरिएको छ ।

सिनियर टिमका तीन खेलाडी राख्न पाउने ब्यवस्था अनुसार श्रीलंकाले मेन्डिसलाइ टिममा राखेको हो । उनले श्रीलंकाबाट २ ओडीआई र ४ टि ट्वान्टी खेलेका छन । उनलाई टिमको उपकप्तानको जिम्मेवारी दिइएको छ ।

यस्तै श्रीलंकाबाट एक दिवसिय क्रिकेट खेलिसकेका आसिता फर्नान्डो पनि टिममा राखिएको छ ।

साग मंसिर १५ देखी २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुदैछ । जसको लागि नेपाली पुरुष टोलीले पनि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्य टोली घोषणा गरीसकेको छ । सागमा पाकिस्तान र भारतले सहभागिता नजनाउने भएपछि यसपटक उपाधिको दावेदारका रूपमा बंगलादेश र श्रीलंकालाइ हेरीएको छ । त्यसो त नेपालले पनि स्वर्णपदकको लक्ष्य लिएको छ ।

सागका लागि श्रीलंकाको टिमः

चरिथ आसालांका (कप्तान), कामिन्डु मेन्डिस (उप कप्तान), दुविन्दु तिलकरत्ने, सचिन्दु कोलोम्वेज र कविष्का अन्जुला, पथुम निसान्का, हसिता बोयागोडा, विश्व चनुरंग, अशीन बन्डारा, शम्मू अशान, निशान माधुष्का, जेहान डानियल, आसिता फर्नान्डो, कलाना परेरा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *