काठमाडौंमा ‘एयर ट्राफिक कन्ट्रोलर’ सम्मेलन सुरु

डिसी नेपाल
५ मंसिर २०७६ १५:२४

काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर सम्बन्धी ३६ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन काठमाण्डौमा सुरु भएको छ ।

सम्मेलनमा इन्टरनेशनल फेडेरेशन अफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सहभागी छन् ।

विहिबार सुरु भएको सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सुरक्षित एयर ट्राफिक कन्ट्रोलको चुनौति बढ्दै गएको बताए । नीति र प्रविधि राम्रो भएमा एयर ट्राफिक कन्ट्रोल प्रणाली पनि सुदृढ हुने उनको तर्क थियो ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरक्षित र भरपर्दो एयर ट्राफिक कन्ट्रोल निर्माणका लागि संरचनाको विकास, कन्ट्रोलर क्षमता र गुणस्तरीय व्यवस्थापनका लागि सरकार सधै तयार रहेको बताए।

यसैगरि नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अध्यक्ष रामकृष्ण भट्टले सुरक्षित एयर ट्राफिक व्यस्थापनका विषयमा समेत छलफल हुने बताए।

सम्मेलनमा उड्डयन क्षेत्रका चुनौति र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँचवटा एजेण्डामाथि छलफल हुनेछ । सम्मेलन आउँदो शनिबार सम्म चल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *