‘प्रदेशको तर्फबाट सागका लागि आवश्यक बजेट दिन्छौँ’

डिसी नेपाल
५ मंसिर २०७६ १८:५१

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरिक्षण गरेका छन् । १३ औं दक्षिण एशियाली खेलकुद (साग) तयारीको लागि निमार्णधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरिक्षण गर्दै मुख्यमन्त्री गुरुङले पुर्वाधार निमार्णको लागि केहि रकमदतत्कालै क्याविनेट बैठक बसि विनियोजितदगर्न सक्ने बताएका छन् ।

‘साग सम्पन्न गर्न रकमको अभाव छ भने हामी तत्काल निर्णय गरि विनियोजित गर्छौ, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो’– मुख्यमन्त्री गुरुङले भने । उनी सहित सामाजिक विकास मन्त्री नरदेवि पुन, १३ औँ साग समितिका पदाधिकारी, खेलकुद पदाधिकारी पत्रकार लगायतको टोलीले रंगशालाको निरिक्षण गरेका थिए ।

सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउदेश्यीय कभर्डहलको निरिक्षण गर्दै साग आायोजक समितिका पदाधिकारी समेतलाई भेटि रंगशालाको बारेमा जानकारी लिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *