सन्दीपले दोस्रो ओभरमा लिए बदला, लगातार २ विकेट

डिसी नेपाल
५ मंसिर २०७६ २०:१७

काठमाडौं। यूएईमा जारी क्रिकेटको सबैभन्दा छोटो प्रारुप टी टेनमा नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानले पछिल्ला केही खेलदेखि लगातार चुटाई खाइरहेका छन्।

बिहीबार सन्दीप आवद्ध कर्नाटाका टकर्स र क्लान्दरबीच खेल भइरहेको छ। खेलको चौथो ओभरमा आफ्नो पहिलो ओभर बलिंग गरेको सन्दीप लामिछानले २२ रन दिए। पहिलो बलमै चौका खाएका उनले त्यसपछि लगातार २ छक्का खाए। इंग्लिश ब्याट्सम्यान टम बान्टनलले अन्तिम बलमा फेरि चौका प्रहार गरे।

सन्दीप लामिछानले पछिल्लो खेलहरुमा निकै मंहगो भइरहेका छन्। कैरन पोर्लाडले उनलाई जारी लिगमा सबैभन्दा धेरै चुटाइ गरे। उनले लगातार ४ छक्का प्रहार गरेका थिए। यसपछि अष्ट्रेलियन खेलाडी क्रिस लीन र इंग्लिश ब्याट्सम आडम लिथले पनि सन्दीपलाई निकै रन प्रहार गरेका छन्।

तर, दोस्रो ओभरमा भने सन्दीपले जरबजस्त कमब्याक गर्दै लगातार २ विकेट लिएका छन्। टम बान्टनलाई एलबीडब्ल्यू आउट गरेका उनले लगत्तै कोभ्लरलाई बोल्ड गरे। तर, ह्याट्रिक भने गर्न पाएनन्। पाँचौ र छैटो बलमा विकेट लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *