सिरहामा दुई थान पेस्तोलसहित पक्राउ

डिसी नेपाल
५ मंसिर २०७६ २२:१८

सिरहा । कल्याणपुर नगरपालिका २ चतरीघाटबाट स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान सहित सोही नगरपालिका ३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा ७ एमएम र ९ एमएम गरी २ थान स्वचालित पेस्तोल र सोही पेस्तोलमा लाग्ने म्याग्जिन २ थान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *