ट्रम्पले इमरालाई किन भने धन्यावाद?

डिसी नेपाल
६ मंसिर २०७६ ८:२१

इस्लामावाद (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई फोन गरेर धन्यावाद दिएका छन्। पाकिस्तानी समाचार एजेन्सीहरुका अनुसार बिहीबार ट्रम्पले इमरानलाई फोन गरेका थिए।

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान लडाकुले पश्चिमा नागरिकतालाई मुक्त गरेपछि ट्रम्पले इमरानलाई धन्यावाद दिएको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

पाकिस्तानको सकरात्मक सहयोगले एक अमेरिकी र एक अस्ट्रियायी नागरिकलाई तालिबानले मुक्त गरेका थिए। हालै तालिबान र अफगान सरकारबीच बन्दी आदानप्रदान भएको थियो। सोही कार्यक्रमअनुसार पश्चिमा नागरिकलाई तालिबाले मुक्त गरेको हो।

पाकिस्तान अफगानमा हिंसात्मक घटना गरिरहेका तालिबानलाई शान्तिमा ल्याउन एक महत्वपूर्ण मुलुक हो। पाकिस्तानले तालिबानलाई शान्तिमा ल्याउन निकै प्रयास गर्दै आएको छ। कतारमा तालिबान र अमेरिकाबीच भएको वार्तामा पनि पाकिस्तानले सहयोग गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *