निर्माण काम सकिएपछि झापाको चन्द्रगढी विमानस्थल सुचारु

डिसी नेपाल
६ मंसिर २०७६ १९:००
4
Shares

काठमाडौं। निर्माण कार्यका लागि गएको कात्तिक २६ गतेदेखि बन्द भएको झापाको चन्द्रगढी विमानस्थल शुक्रबारदेखि शुरु भएको छ। निर्माण कार्य सकिएपछि १० दिन बन्द भएको विमानस्थल सुचारु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

विमानस्थलको धावन मार्ग निर्माणका लागि विमानस्थल १० दिन बन्द गरिएको थियो। निर्माण कार्य तोकिएकै समयमा सकिएको प्राधिकरणले जनाएको छ। अब सो विमानस्थलमा नियमित उडान हुने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *