राप्रपा अध्यक्ष थापासँग अमेरिकाका विभिन्न सहरमा अन्तरक्रिया हुने

डिसी नेपाल
६ मंसिर २०७६ १९:३२

वाशिंगटन डिसी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा यतिखेर अमेरिका भ्रमणमा छन् ।

अमेरिकाको राजधानी वाशिंटन डिसीमा हुन गईरहेको ईन्टरनेशनल डेमोक्रेटिक युनियनको राजनैतिक सम्मेलनमा सहभागी हुन आएका राप्रपा अध्यक्ष थापासँग अमेरिकाका बिभिन्न सहरहरुमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना हुने भएको छ।

राप्रपाको प्रवास संगठन प्रवासी नेपाली एकता समाजको डिसेम्बर १ तारिखमा बाल्टिमोरमा हुन गईरहेको अधिवेशनको अध्यक्ष थापाले उद्घाटन गर्नेछन् ।

डिसेम्बर २ तारिखमा टेक्सासको डल्लासमा अध्यक्ष थापासँग अन्तरक्रिया कार्यक्रममा राखिएको छ । डिसेम्बर ४ र ५ तारिख दुई दिन वाशिंगटन डिसीमा हुने ईन्टरनेशनल डेमोक्रेटिक युनियनको राजनैतिक संमेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी भएर अन्तर्राष्ट्रिय सम्मेलनलाई थापाले सम्बोधन गर्नेछन् ।

प्रतिनिधि मण्डलमा राप्रपाका सहायक महामन्त्री तथा प्रवास संघका प्रमुख प्रेमकुमार श्रेष्ठ र प्रवासी नेपाली एकता समाजका अध्यक्ष लोकनाथ तिवारी समाबेस छन् ।

अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुनकुमार कार्कीले पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापालाई वाशिंगटन डिसी स्थित राजदुत निवासमा सुटुक्क स्वागत गर्ने योजना रहेको कुरा दुतावास श्रोतले सुटुक्कै बतायो ।

यस अघि, वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको बेथेस्दा शहरको पाँचतारे होटलमा आयोजित एक भव्य समारोहमा राप्रपाको प्रवास संगठन तत्कालिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नै उद्घाटन गरेका थिए र सम्मेलनले लोकनाथ तिवारीलाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *