श्रीलङ्काका राष्ट्रपतिद्वारा १६–सदस्यीय अन्तरिम मन्त्रीमण्डलको घोषणा
कोलम्बो, श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले शुक्रबार १६–सदस्यीय मन्त्रीमण्डलको घोषणा गरको छन् ।
नयाँ मन्त्रीमण्डलले सन् २०२० को मार्चमा हुने निर्वाचनसम्म काम गर्नेगरी जिम्मेवारी तोकिएको छ। सरकारमा भूतपूर्व राष्ट्रपतिसमेत रहेका आफ्नै दाजु महिन्दा राजापाक्षले प्रधानमन्त्रीका रूपमा बिहीबार पद तथा गोपनियताको सपथ लिएका थिए ।
राष्ट्रपतिका अर्का भाइ चमाल राजापाक्षलाई कृषि, सिँचाई, आन्तरिक व्यापार तथा उपभोक्ता हित मन्त्री बनाइएको छ।
प्रधानमन्त्री महिन्दा राजापाक्षले वित्त, आर्थिकमामिला, आवास, शहरी विकास, खानेपानी आपूर्ति र बुद्धधर्मसम्बन्धि काम गर्नेछन् ।
प्रधानमन्त्री राजापाक्षले सन् २००६ देखि २०१५ सम्म शक्तिशाली राष्ट्रपतिकारूपमा श्रीलङ्कालाई नेतृत्व प्रदान गरेका थिए ।
निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पक्षका राष्ट्रपतिका उम्मेदवार सजित प्रेमादासाको पराजयसँगै पदबाट राजिनामा दिएपछि अन्तरिम सरकार गठन गरिएको हो।
मन्त्रीमण्डलका अन्य सदस्यमा निमाल सिरिपाला, अरूमुगम थोन्दामन, डग्लास देभानन्द, पवित्रादेवी वान्नीआराच्ची, बन्दुला गुणवार्दने, जानका बन्दारा तेन्नाकुन, डल्लास अलाहाप्पेरूमा, विमल विरावान्सा, महिन्दा अमराविरा, एस एम चन्द्रसेना, रमेश पाथिराना र प्रसन्न रणतुङ्गा रहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment