दुर्घटनामा एक जनाको मृत्यु

डिसी नेपाल
७ मंसिर २०७६ १६:३०

ललितपुर । ललितपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिबार ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा९१प १३०१ र बा७७प ६७९३ नंको मोटरसाइकल एकापसमा ठोकिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा बा७७प ६७९३ नंको मोटरसाइकल चालक काठमाडौँको चाबहिलका २२ वर्षीय सत्यम भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बा९१प १३०१ नंको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *